मिति २०८१ माघ २१ गते सोमबारका दिन सरस्वति पुजा तथा १२ औं पुस्तक दिवसका अवसरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बागमती प्रदेश अन्तर्गतका जिल्ला हरुले विभिन्न कार्यक्रम हरु संचालन गरि मनाएका छन्
काठमाडौँ जिल्लाले खगेन्द्र नवाजिबन बिशेष शिक्षा माध्यमिक बिध्यलायामा पुस्तक हस्तान्तरण गरेको छ | कार्यक्रमको पहिलो चरणमा महासंघको लक्ष्य योजना र उदेश्यलाई प्रस्तुत गर्दै पुस्तक तथा स्टेसनरी व्यापार प्रवर्धन गर्ने उदेश्यले जानकारीमुलक र्याली तथा प्रभातफेरी आयोजना गरिएको थियो |
चितवन जिल्लाले इछाकमाना ७ दहखानिमा रहेको श्री आदर्श आधारभूत बिध्यलायामा शैक्षिक सामग्री, खेलकुद तथा स्टेसनरी समान वितरण गरेको छ




नुवाकोट जिल्लाले भुमदेबी आधारभूत बिद्यालयमा शैक्षिक सामग्री तथा स्टेसनरी सामान वितरण गरेको छ |
सिन्धुली जिल्लाले श्री सरस्वति प्रा बि मा पुस्तक तथा शैक्षिक सामग्री वितरण गरेको छ |
रामेछाप जिल्लाले सरस्वति पुजा तथा पुस्तक दिवसको अवसरमा जिल्ला कारागार रामेछापमा पुस्तक तथा स्टेसनरी सामग्री वितरण गरेको छ |