धादिङ बेसी, १९ फागुुुन । नेपाल पुुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमति प्रदेशको आठौं पूर्ण बैठक धादिङमा सुरु भएको छ ।

महासंघका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा चलिरहेको बैठकले चितवनका प्रमेश आचार्य र नुुवाकोटका रामकुुमार ढकाललाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरिएको छ भने बिभिन्न ११ वटा बिभागिय समितिहरु पनि गठन गर्ने निर्णय गरेको छ । यसरी गठन गरिएको बिभागहरुमा अध्यक्ष नारायण कुमार श्रेष्ठ को संयोजकत्वमा संघ, संस्था, कर, भ्याट, इन्सुरेन्स तथा सरकारी पाठ्यपुस्तक बिभाग, निवर्तमान अध्यक्ष किरण कुमार खनालको संयोजकत्वमा गुणस्तर तथा अंकित मुल्य समन्वय बिभाग,सल्लाहकार समितिका संयोजक कृष्ण चन्द्र पौडेलको संयोजकत्वमा अनुशासन मुल्याङ्कन तथा अनुुगमन बिभाग, प्रथम उपाध्यक्ष बिश्वराम त्वयनाको संयोजकत्वमा शैक्षिक मसलन्द तथा स्टेशनरी ब्यवसायी बिभाग,द्धितिय उपाध्यक्ष महेश रेग्मीको संयोजकत्वमा प्रशिक्षण तथा सामाजिक कार्यान्वयन बिभाग रहेको छ । त्यसैगरी सचिब हरि प्रसाद पौडेलको संयोजकत्वमा सचिवालय, प्रचार प्रसार, तथा संगठन बिभाग, कोषाध्यक्ष सुबिन मानन्धरको संयोजकत्वमा आर्थिक बिभाग गठन गरिएको छ भने सह सचिब खगेन्द्र पौडेलको संयोजकत्वमा जिल्ला समन्वय तथा वेभसाईट समन्वय बिभाग,लेखा समितिका संयोजक कृष्ण न्यौपानेको संयोजकत्वमा ब्यवसाय संरक्षण तथा अनुगमन बिभाग र सल्लाहकार सदस्य सल्लाहकार सदस्य बिजय कृष्ण महर्जनको संयोजकत्वमा प्रकाशन तथा उत्पादन बिभाग गठन गरिएको छ । त्यसैगरी सल्लाहकार समितिका सदस्य तुुलसी प्रसाद अधिकारीको संयोजकत्वमा होलसेल तथा खुद्रा पसल समन्वय बिभाग गठन गरिएको छ भने जिल्ला शाखाका अध्यक्षहरुलाई आमन्त्रीत सदस्यका रुपमा मनोनयन गर्ने पनि निर्णय गरिएको छ । दुई दिन सम्म चल्ने उक्त बैठकमा जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराउनुपर्ने पाठ्यपुस्तक र सेवा सुबिधा, नीजि प्रकाशनका पाठ्यपुस्तक मा ब्यवसाियहरुलाई दिने गरको छुट सुबिधा को बृद्धि र नेपाल सरकारले निर्धारण गरेको अंकित मुल्यमा पाठय्पुस्त विक्रि बितरण गर्ने , र प्रदेशको वेभ साइड निर्माण गर्ने र सबै ब्यवसायिहरुले आफ्नो ब्यवसायको सुरक्षाकालागि बिमा गर्ने सम्बन्धी भने छलफल भइरहेको छ ।

बैठकका अबसरमा प्रदेश समितिका कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सल्लाहकार समितिका संयोजक तथा सदस्यहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा धादिङले बधाइ तथा समम्मान कार्यक्रम गरको थियो भने शुक्रवार केन्द्रीय अध्यक्ष सहित बागमति प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरुलाई प्रदेश समितिले बधाई तथा सम्मान गर्ने र दुइ बर्षे रणनितिक कार्ययोजना निर्माण गर्ने कार्यक्रम रहेको छ ।