सिन्धुली,७ बैशाख । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा एबं दोस्रो अधिवेशनले नारायण श्रेष्ठको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
मंगलवार सिन्धुलीमा भएको वन्द सत्र पछिको निर्वाचनमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध चयन भएको हो ।

यसरी नवगठित समितिमा रहनेहरूमा उपाध्यक्ष द्वय विश्वराम त्वयना र महेश रेग्मी रहनु भएको छ भने सचिव,सह–सचिब र कोषाध्यक्षमा क्रमश हरिप्रासाद पौडेल, खगेन्द्र पौडेल र सुविन मानन्धर रहनु भएको छ । त्यसैगरी लेखा समितिको संयोजकामा कृष्ण प्रसाद न्यौपाने,सदस्यहरुमा कृष्णहरि ढुंगेल र विज्ञान रिमाल रहनु भएको छ । त्यसैगरी खुल्ला सदस्यमा राजु भुसाल, महिला सदस्यमा तारादेवी थापा रहनु भएको छ भने जिल्लागत सदस्यहरुमा द्रोणप्रसाद न्यौपाने काठमाण्डौं,पारस महर्जन ललितपुर,नरेन्द्रमान मानन्धर भक्तपुर,अजित थापा मकवानपुर, सुजन घिमिरे रामेछाप,कुमार लामिछाने रसुवा,कुमार थापा सिन्धुपाल्चोक,मिन कुमार खतिवडा नुवाकोट, शिवहरी थापा दोलखा,दयाराम लम्साल धादिङ,काजीमान बज्यू सिन्धुली,लेखराम सापकोटा चितवन र शरण ढकाल काभ्रेपलाञ्चोक रहनु भएको छ ।

२ जना महिला सदस्यहरूको आरक्षण कोटा रहेपनि १ जना महिलाको उमेद्वारी नपरेकोले १ जना महिला कार्यसमितिले पछि मनोनित गर्न सक्ने जानकारी निर्वाचन समितिका संयोजक कृष्णचन्द्र पाैडेलले दिनुभयो ।

महासंघका अध्यक्ष किरण कुमार खनालको अध्यक्षतामा सोमवार सम्पन्न उक्त अधिबेशनको उद्घाटन पुर्व कृषि मन्त्री एबं वर्तमान संघिय सांसाद हरिवोल गजुरेलले गर्नु भएको थियो ।
साधारण सभाले संस्थाको संगठनिक, आर्थिक प्रतिवेदनहरुका साथै आगामी कार्ययोजना समेत पास गरेको छ ।