• Post category:News / Notice
  • Post comments:0 Comments
  • Reading time:1 mins read

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी माहासंघ बागमती प्रदेशको आयोजनामा मिती 2080/05/08 गते बागमती प्रदेशको सत्रौं नियमीत बैठक तथा मिती 2080/05/09 गते काभ्रे जिल्लाको हिमालयन हाउस रीसोर्ट धुलिखेलमा एक दिवसीय व्यवसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा संगठनमा आवद्ध व्यवसायिक साथीहरुले आफ्नो व्यवसायमा भोग्दै आउनु भएका विद्यामान समस्याहरूको पहिचान गरी समस्याहरुलाई के कसरी समाधान गर्ने र भविष्यमा कस्तो रणनिती बनाउने भन्ने विषयमा वृहत छलफल भएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा अतिथि शिव सागर शर्माले आगामी असोज 4 र 5 गते काठमाडौंको old trade center त्रिपुरेश्वरमा हुन गइ रहेको दुईदिने प्रदर्शनी तथा आगामी मंसिर ५ गतेदेखि मंसिर १० गतेसम्म भृकुटीमण्डप काठमाडौंमा सम्पन्न हुन गैरहेको South Asia International Book Fair मा उल्लेख्य सहभागिता जनाई संस्थाको गतिविधिहरुलाई चलायमान बनाउन आह्वान गर्नुभएको थियो ।

Leave a Reply